काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज (२०८२ असोज २१ गते) पनि बढेर नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य तोलाको २४०० रुपैयाँ बढेर २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ । हिजो सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ३३ हजार १०० रुपैयाँ थियो ।
आज जाँचदीको मूल्य भने स्थिर रहेका छ । हिजो एक तोला चाँदीको मूल्य दुई हजार ९६० रुपैयाँ रहेकोमा आज पनि सोही मूल्यमा कारोबार भएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।
