काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरको छ ।
असोज २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नगद लाभांशमा लाग्ने करसहित लाभांश घोषणा गरको हो । सञ्चालक समितिले प्रस्ताव गरको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक
साधारणसभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले विश्वका विभिन्न देशहरूबाट रमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
