बैंकको खबर । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सकिने छ ।
साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
