बैंकको खबर । गरिमा विकास बैंकले गत आर्थिक वर्षसम्म कायम सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
असोज २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश रहेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
