काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ८ हजार २ सय रुपैयाँले बढेर तोलाको २ लाख ४८ हजार ५ सयमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३३२५ रुपैयाँमा पुगेको छ ।
