काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि प्रतितोला ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
मंगलबार बजारमा सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा किनबेच भइरहेको छ ।
