काठमाडौँ । शेयरबजार बुधबार पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा झरेको छ । ३ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको ७६ लाख ११ हजार ६६० कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५१ कम्पनीमध्ये २०६ वटाको शेयरमूल्य घट्दा बजार दबामा परेको हो । यद्यपी ४० कम्पनीका शेयरधनीले कमाएका छन भने पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज म्युचुअल फन्ड बाहेक अन्य सबै समुहमा गिरावट आएको छ । ब्यापार समूह सबैभन्दा धेरै २.०९ प्रतिशत घटेको छ ।
समता घरेलु लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ६.९३ प्रतिशतले बढेको छ, त्यसपछि एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्स्योरेन्सको २० करोड ५४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १३ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।
