काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ७ हजार एक सयले बढेर तोलाको २ लाख ५८ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार सुन तोलाको २ लाख ५० हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासघका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर ३३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
