काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ११ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलाको २६५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ३ गते सोमबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।
