बैंकको खबर । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज कात्तिक ९ गते आइतबार अन्तिम दिन रहेको छ । बैंकले गत असोज २ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। त्यसैले भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
हकप्रद निष्काशन तथा बाँडफाँटपछि बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।
