बैंकको खबर । गरिमा विकास बैंकले कात्तिक २७ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पोखराको बिरौटास्थित होटल पोखरा ग्रानडमा बिहान ११ बजे सुरु हुनेगरी साधारणसभा डाकेको हो ।
कात्तिक २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको बैंकले जनाएको छ ।
साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सयिहत ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषयमा छलफल गरी पारित गर्नेछ ।
बोनश शेयर, नगद लाभांश तथा साधारणसभामा भाग लिने प्रयोजनको लागि मिति बैंकले कात्तिक १८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । त्यसैले कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
