बैंकको खबर । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । २०८२ कात्तिक २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो ।
कात्तिक २ गते नै सम्पन्न भएको वार्षिक साधारणसभाबाट तुकप्रसाद पौडेलसहित बलराम पराजुली र निशा कुम्पाख संस्थापक शेयरधनीहरुको तर्फबाट आगामी ४ वर्षका लागि सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
