बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज (आइतबार) ९० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले प्रणालीमा अधिक तरलता भएपछि सो पैसा निक्षेप संकलन बोलकबोलमार्फत तानेर व्यवस्थापन गर्न लागेको हो ।
यो पैसा ४२ दिनका लागि तान्न लागेको पनि केन्द्रीय बैंकले जनाएको छ । निक्षेप दिन इच्छुक योग्य बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् ।
आज (कात्तिक ९ गते) निष्काशन हुने यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी मंसिर २१ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न पाउनेछन् ।
