बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारणसभा कात्तिक १२ गते सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहित वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले शेयरधनीहरूका लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पनि अनुमोदन गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
बैंकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि शेयरधनीहरूलाई आकर्षक लाभांश प्रदान गर्दै आफ्नो वित्तीय स्थायित्व र शेयरधनी मूल्य वृद्धिप्रति प्रतिबद्धता प्रकट गरेको छ।
