काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुन तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १५ रुपैयाँले बढेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
