बैंकको खबर । एनएमबि लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा फेरि पनि एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
लघुवित्त सञ्चालक समितिको कात्तिक १२ गते बसेको १७९औँ बैठकले संस्थाको शेयर दाखिला खारेज, नामसारी, टुक्रयाउने लगायत शेयर कारोबारको अभिलेख तथा रजिष्ट्रार समबन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।
क्यापिटलले कात्तिक १ देखि लागू हुनेगरि ३०८४ असोज मसान्तसम्म (२ वर्ष)का लागि शेयर रजिष्ट्रारको काम गर्नेगरि नियुक्ति सम्झौता नविकरण गरिएको लघुवित्तले जनाएको छ ।
