काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलकुमार दाहाल नियुक्त भएका छन् ।
हिमालयन लाइफको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई २०८२ कात्तिक १३ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो ।
सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत दाहाललाई सीईओ नियुक्त गरेको कम्पनीले जनाएको छ ।
