काठमाडौँ । शेयरबाजरमा नेप्से परिसूचक आज बढेको छ । नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेको छ ।
नेप्सेमा वृद्धि भएसँगै कारोबार रकममा पनि सुधार भएको छ । ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर किनबेच भएको छ ।
कारोबारमा आएका २४९ कम्पनीमध्ये २१६ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । २८ कम्पनीका शेयरधनीले भने आज पनि गुमाएका छन् । बाँकी पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज म्युचुअल फन्ड बाहेक सबै समूह बढेका छन् । जलविद्युत समूह सबैभन्दा धेरै २.६७ प्रतिशत बढेको छ ।
गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी एनआइबिएल स्टेबल फण्डको एकाइ मूल्य सबैभन्दा धेरै ५.७० प्रतिशतले घटेको छ ।
सबै भन्दा बढी हिमालयन बैंकको संस्थापक शेयरको एक अर्ब ६६ करोड ५० रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, राधि विद्युत् कम्पनीको ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
बजार पुँजीकरण ४३ खर्ब ४७ अर्ब रुपैयाँ कायम भएको छ ।
