काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा तोकेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४३ पैसा तय गरिएको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, र कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा तोकिएको छ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा, र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०१ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ११ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४६४ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा, तथा ओमानी रियाल एकको खरिददर ३६७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।
