बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले मकवानपुरको ओम अध्याय रिट्रिट (रिसोर्ट)मा छुट पाउने भएको छन् । छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । छुट पाउनका लागि ग्राहकहरुले रिसोर्टमा प्याकेजमा सेवा लिँदा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । खाना तथा पेयपदार्थमा भने १० प्रतिशत छुट हुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्ने हुछ ।
