बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले यस सम्बन्धमा पर्वत जिल्लाको कुश्मामा रहेको द क्लिफ नेपालसँग सम्झौता गरिएको जनाएको छ ।
सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउन सक्नेछन् । द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा सो छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग गरी र मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
