बैंकको खबर । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
वर्तमान प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेको कार्यकाल सकिन लागेकाले आयार्चलाई नियुक्त गरिएको बैंकले जनाएको छ । पाण्डेको कार्यकाल आगामी माघ ११ गते सकिँदैछ । नवनियुक्त सीईओ आचार्यले माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।
