काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबारका दिन काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे १३ औँ वार्षिक साधारणसभा बोलाएको छ।
साधारणसभाबाट प्रस्तावित लाभांश पारित भएपछि शेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ ।
