बैंकको खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको कात्तिक २६ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत हुनेगरी लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमध्ये १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
