बैंकको खबर । नेपाल बैंक र दराज नेपालबीच दराजमार्फत सामान खरिद गर्दा छुट दिने सम्झौता भएको छ । बैंकका ग्राहकले कात्तिक २५ देखि मंसिर ६ गतेसम्म लागू हुनेगरी दराजमार्फत सामान खरिद गर्दा छुट पाउने सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड/डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरेका छन् ।
बैंकले निरन्तर नविनतामा जोड दिंदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागी आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको जनाएको छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहकले दराज अनलाइनमार्फत सामान खरिद गर्दा डेबिट कार्डबाट भुक्तानी गरेमा अधिकतम १५ प्रतिशत वा १,५०० रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा २,००० रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स सक्रि गर्नु पर्नेछ ।
