बैंकको खबर । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट चीनमा छाप्ने भएको छ । त्यसका लागि चिनियाँ
कम्पनीसँग सम्झौता गरेको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार बैंकले ४२ करोड थान नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिण्टिङ कर्पोरेसन बेइजिङसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार नोट छपाइका लागि बैंकले १० मिलियन अमेरिकी डलर भन्दा धेरै खर्च गर्नेछ । नोट छपाइका लागि राष्ट्र बैंकले गत साउन ९ गते सूचना जारी गरेको थियो ।
सार्वजनिक खरिद प्रक्रिया (बोलपत्र प्रणाली) अन्तर्गत सो कम्पनीको प्रस्ताव न्यूनतम मूल्यांकनमा आधारित रहेको बैंकले जनाएको छ । राष्ट्र बैंकले सरकारी खरिद नियमावली २०८० (तेस्रो संशोधन २०८१) अनुसार यो सम्झौता गरेको जनाएको छ ।
