काठमाडौं । शेयरबजारमा कारोबार मापक नेप्से परिसूचक ४.९८ अंकले घटेर २,५६१.०८ विन्दुमा कायम भएको छ ।
तीन अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५६ कम्पनीमध्ये १७० वटाको शेयरमूल्य घट्दा बजार रातो बनेको हो । यद्यपी ७७ कम्पनीका शेयरधनीले कमाएका छन भने ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आठ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावरको शेयरकारोबार सर्वाधिक २७ करोड ४० लाख रुपैयाँको भएको छ ।
