बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।प्रशासनले आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरेको हो ।
एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।
