बैंकको खबर । ज्योति विकास बैंकले मोबाइल बैंकिङ एम मार्फत हवाई टिक खरिद गर्दा ५०० रुपैयाँ फिर्ता दिने योजना सार्वजनिक गरेको छ । बैंकले यो अफर प्रयोग गरी ग्राहकले सस्तो मूल्यमा टिकट खरिद गर्न सक्ने जनाएको छ ।
बैंकले देशभरका जुनसुकै घरेलु एयरलाइन्सको टिकट खरिद गर्दा यो सुविधा पउने स्पष्ट पारेको छ । ज्योति स्मार्ट एपबाट हवाई टिक खरिद गर्दा अफर बक्समा ‘FLY500’ प्रोमो कोड प्रयोग गरेमा उक्त क्यासब्याक प्रप्त हुने जनाएको छ । यो अफर पहिलो ३०० जना ग्राहकले पाउने पनि बैंकले जनाएको छ ।
सिमित अवधिका लागि लागू भएको यो अफर मंसिर ३ गतेदेखि नै लागू भएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि यस्तो अफर सार्वजनिक गरेको जनाएको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
