बैंकको खबर । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
