बैंकको खबर । कुमारी बैंकका ग्राहकहरुले केबलकारबाट प्रदान गरिने विभिन्न सेवामा छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतापत्रमा बैंक र केबल कारबीच हस्ताक्षर भएको बैंकले जनाएको छ ।
सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाइन टिकट तथा डाईभइन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट हुनेछ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मानश्रेष्ठले आइतबार हस्ताक्षर गरेका छन् ।
विगत २४ वर्ष देखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाईहरुमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
