बैंकको खबर । आइसिएफसि फाइनान्सले सञ्चालक समितिले प्रस्ताव गरेको १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सले मंसिर २९ गते, सोमबार, काठमाडौंको बौद्ध पिपलबोट स्थित बौद्ध रेरिटेजमा बिहान १० बजेका लागि साधारणसभा डाकेको हो ।
साधारणसभाले लाभांश प्रस्ताव पारितसँगै, प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारणसभामा सहभागि हुन र त्यहाँबाट पारित भएको लाभांश पाउन सक्नेछन् ।
