बैंकको खबर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनानस कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
फाइनान्सको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को नाफाबाट ६.४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
