Home प्रमुख खबर उर्जा दक्षता प्रवद्र्धनमा बैंकहरुको भूमिकाबारे छलफल
प्रमुख खबरबैंक वित्तबैंकको खबर

उर्जा दक्षता प्रवद्र्धनमा बैंकहरुको भूमिकाबारे छलफल

Share
Share

बैंकको खबर । नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कोअपरेसन (जीआईजेड) सँगको सहकार्यमा REEEP–GREEN परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको बारे छलफल भएको संघले जनाएको छ ।

कहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा सञ्चालन लागतमा कमी गर्न सहयोग पुग्ने र यसले नेपालको दिगो आर्थिक विकासलाई सहयोग पुग्नुका साथै यसबाट नेपाललाई प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्र तर्फ उन्मुख गराउन सकिने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रम काठमाडौं, बुटवल, भैरहवा, पोखरा, बिराटनगर, वीरगञ्ज, चितवन र नेपालगन्ज लगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा गरिएको थियो । उक्त कार्यक्रममा ८ वटा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक गरि २०० भन्दा बढी बैंकका अधिकारीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रम काठमाडौंमा बैंकका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति सहित सम्पन्न भएको हो ।

नेपाल बैंकर्स संघले दिगो तथा हरित वित्तीय अभ्यासलाई बैंकिङ क्षेत्रमा अझ मजबुत बनाउँदै लैजानुका साथै यसलाई मूलधारमा ल्याउन विभिन्न सरोकारवालासँग सहकार्य गर्दै जाने विषयमा प्रतिवद्ध रहेको जनाएको छ ।

Share
Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : गगन थापादेखि राजेन्द्र लिङ्देन र बाबुराम भट्टराईसम्म भरतपुरमा

काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies