काठमाडौँ । शेयरबजार आज सामान्य बढेको छ । कारोबार मापक नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेर रोकिएको छ ।
६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर किनबेच भएको छ । झपा इनर्जी, सागर डिस्टिलरी, स्वास्तिक लघुवित्त र श्रीनगर एग्रिटेक इन्डट्रिजको शेयरकारोबार सकारात्मक सर्किट लेभलमा बएको हो ।
कारोबार भएका १५७ कम्पनीमध्ये १४२ वटाको शेयरमूल्य बढेको छ भने १०४ वटाको घटेको छ । ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
फाइनान्स, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव बीमा बाहेक सबै समूह बढेका छन् ।
लगानीकर्ताको सम्पत्ति आजमात्रै १६ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ७५ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ५ अर्ब रुपैयाँ बढेर १५ खर्ब १५ अर्ब रुपैयाँ कायम भएको छ ।
