काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ४ सयले घटेर २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुनको मूल्य तोलाको २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने आज पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँ बढेर ३२८० रुपैयाँमा कारोबार भइरहेको छ ।
