बैंकको खबर । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
