काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
