बैंकको खबर । नेपला राष्ट्र बैंकले आज (२०८२ मंसिर १४ गते आइतबार) पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । वित्तीय प्रणालीमा अधिक लगानीयोग्य रकम भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गर्दै नगद व्यवस्थापन गर्न लागेको हो ।
राष्ट्र बैंकले ३५ दिनका लागि सो रकम तान्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको मध्यमबाट निर्धारण हुनेछ ।
निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ पुस २० गते हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
