बैंकको खबर । नेपाल फाइनान्सले यसपटक लाभांश वितरण नगर्ने भएको छ । २०८२ मंसिर १२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण पारित गरि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो ।
सो निर्णयमा शेयरधनीहरुलाई वितरण गर्न कुनै लाभांश प्रस्ताव नगरिएको फाइनान्सले जनाएको छ ।
