बैंकको खबर । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।
बैंकले आगामी पुस ७ गते, सोमबार, काठमाडौंको कालिकास्थान स्थित अमृतभोग क्याटर्समा २१औं वार्षिक साधारणसभा डाकेको हो । सधारणसभा बिहान १० बजे शुरु हुने बैंकले जनाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुत्तm गर्ने लगायतका प्रस्तावमाथि छलफल गरि पारित गर्नेछ ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ। त्यसैले मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु साधारणसभामा सहभागी हुन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
