काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज (२०८२ मंसिर १४ गते) देखि सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाइ बिक्रीमा ल्याएको छ ।
क्यापिटलले २० करोड रुपैयाँ बराबरको प्रतिइकाइ १० रुपैयाँको दरमा २ करोड इकाइ बिक्रीमा ल्याएको हो । जुन खुलामुखी योजना हो । यो
यो योजनाको कुल आकार ५ करोड इकाइको रहेको छ । जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाइ कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाइ योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछ । सर्वसाधारणले १ करोड २५ लाख इकाइ खरिद गर्न सक्नेछन् ।
यो योजना खरिदका लागि मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र सबै इकाइ बिक्री नभएमा आवेदन दिने अवधि मंसिर २८ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।
