बैंकको खबर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले नीतिगत दर घटाएको छ । नीतिगत दर ४.५० प्रतिशतबाट ०.२५ प्रतिशतविन्दु घटाएर ४.२५ प्रतिशत कायम गरेको छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ । तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखेको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज बिहान बिहान बोलाएको थियो ।
पूर्णपाठ हेर्नुहोस्
