काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भूल्य तोलाको ३ सय रुपैयाँ घटेर तोलाको २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको १० रुपैयाँ बढेर ३५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
