काठमाडौँ । सरकारले पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले माघ १ गतेदेखि लागू हुनेगरी एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय गरेको हो ।
अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा सुधार ल्याउन सरकारले यस्तो निर्णय गरेको हो ।
