बैंकको खबर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर रहेको १०० रुपैयाँ अंकित मूल्यका ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ।
बैंकको १८ औं वार्षिक साधारणसभाले अग्राधिकार शेयर जारी गर्ने निर्णय गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई नेपाल धितोपत्र बोर्डमा समेत स्वीकृतिका लागि पेश गरेको थियो ।
अग्राधिकार शेयरको जारी भएपछि बैंकको पूँजी संरचनामा सुधार आउने, पुँजीकोष वृद्धि हुने र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो पूँजीकोष सुदृढ गर्नका लागि हकप्रद शेयरको विकल्पको रूपमा अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नको लागि दिशा-निर्देश जारी गरेको थियो ।
