बैंकको खबर । सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएपछि कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जम्मेवारी रामेश्वरप्रसाद बस्याललाई दिएको छ । कँडेलको कार्यकाल यही मंसिर २६ गतेदेखि सकिदैछ ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत बस्याललाई मंसिर २७ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिएको हो ।
