काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज (मंसिर १७ गते बुधबार) पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँ बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो मंगलबार सुन तोलाको २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर नयाँ रेकर्ड बनेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ३,६५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ३,५४५ रुपैयाँमा कारोबार भएको थियो ।
