बैंकको खबर । नेपाल राष्ट्र बैंकले अधिक तरलता नियन्त्रणका लागि बजारबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल उपकरणमार्फत २८ दिनका लागि सो रकम उठाउन लागेको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत प्रस्ताव गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको मध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी पुस १६ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले माग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
