बैंकको खबर । लक्ष्मी सनराइज बैंक लिमिटेडले पुस १४ गते काठमाडौंको कमलपोखरी स्थित अग्रवाल भवनमा २५औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
